कार्य विवरण
१. कृषि बाली/वस्तुको विकास एवं विस्तारका लागि आवश्यक नीति तथा व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयन गर्ने ।
२. प्रदेशस्तरमा सिमान्कृत कृषक समुदायलाई उत्थान गर्ने खालका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
३. प्रदेशस्तरमा सिमान्कृत कृषक समुदायलाई उत्थान गर्ने खालका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
४. प्रदेशस्तरको कृषि सम्बन्धी तथ्यांक संकलन एवं अद्यावधिक गर्ने ।
५. प्रदेशस्तरीय कृषि उपज बजारस्थलको व्यवस्था गर्ने ।
६. प्रदेशस्तरमा उपयुक्त रणनीतिक स्थानमा थोक, खुद्रा तथा हाट बजार, संकलन केन्द्र तथा अन्य बजार पूर्वाधार विकास गर्ने ।
७. प्रदेशस्तरमा कार्यरत कृषि व्यवसायीहरूलाई विभिन्न सेवा, सुविधा एवं सहुलियत उपलब्ध गराउने ।
८. प्रदेशस्तरीय मल, बीउ लगायतका कृषि सामग्रीको आपूर्ति अवस्थाको नियमित अनुगमन गरी प्रदेश सरकारलाई पृष्ठपोषण गर्ने ।
९. प्रदेशस्तरको माटो सुधार सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन गर्ने ।
१०. प्रदेशस्तरमा माटोको उर्वराशक्ति नक्सा तयार गरी सोको आधारमा उर्वराशक्ति सुधारका लागि आवश्यक कार्य गर्ने ।
११. माटो परीक्षण सेवामा पहुँच बढाई माटो स्वास्थ्य कार्ड (SOIL HEALTH CARD) उपलब्ध गराउने ।
१२. प्रदेशस्तरमा गुणस्तरीय स्रोत बीउ उत्पादन एवं प्रसारणको व्यवस्था गर्ने ।
१३. लोपोन्मुख तथा उपेक्षित बालीहरूको जर्मप्लाज्म संरक्षण, सम्बर्धन तथा जातीय पञ्जिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने ।
१४. प्रदेशस्तरमा सहायक बाली, स्थानीय, लोपोन्मुख तथा उपेक्षित बालीहरूको प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरी यस्ता बालीहरूको उपभोग बढाई खाने बानीमा सुधार गर्ने विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
१५. प्रदेशस्तरमा बिरुवाको जातमा प्रजनक एवं कृषकको अधिकार सुनिश्चित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने ।
१६. खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी प्रदेश सरकारलाई पृष्ठपोषण गर्ने ।
१७. खाद्य सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण बाली/वस्तुहरूको पहिचान गरी विकास एवं प्रवर्द्धन गर्ने ।
१८. प्रदेशस्तरको बाली संरक्षण तथा व्यवसायिक कीट सम्बन्धी उपयुक्त नीति तर्जुमा गरी योजना बनाई कार्यान्वयन गर्ने ।
१९. स्थान विशेषका आधारमा मौरीपालन, रेशम खेती तथा च्याउ उत्पादन कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था गर्ने ।
२०. प्रदेशस्तरमा पोस्ट–हार्भेष्ट व्यवस्थापनका लागि आवश्यक नीति, योजना तथा मापदण्ड बनाई कार्यान्वयन गर्ने ।
२१. प्रदेशस्तरमा कृषि यान्त्रीकरण प्रवर्द्धन गर्ने ।
सम्पर्क:
फोन: ०८७–५५००९९
इमेल: [AKCDOLPA@GMAIL.COM](mailto:AKCDOLPA@GMAIL.COM)
कर्णाली प्रदेश लिङ्कहरू:
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश
कृषि विकास निर्देशनालय, कर्णाली प्रदेश
आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश
Google Map: EMBEDGOOGLEMAP.NET

